अष्ट्रेलियाको डढेंलो आधुनिक इतिहासकै सर्वाधिक ठूलो वन्यजन्तु प्रकोप
एजेन्सी । अष्ट्रेलियामा गत वर्ष निम्तिएको विनाशकारी डढेंलोका कारण झन्डै ३ अर्ब जनावरहरु मारिएको वा अन्यत्र बसाई रहेको अनुमान वैज्ञानिकहरुले लगाएका छन् । यस खोजीको अर्थ यो डढेंलो ‘आधुनिक इतिहासको सबैभन्दा विध्वंशकारी वन्यजन्तु प्रकोप’ रहेको वल्र्डवाइड फन्ड फर नेचर (डब्ल्युडब्ल्युएफ) ले जनाएको छ । यो रिपोर्ट डब्लयुडब्ल्युएफले नै तयार गरेको हो ।
अष्ट्रेलियाका हरेक राज्यमा गत समरमा डढेंलो फैलिएको थियो, जसले घाँसपात डढायो भने कम्तिमा ३३ जना मानिसको ज्यान लियो । यसक्रममा चौपाया, रेप्टाइल्स, चरा, भ्यागुताहरु डढेंलोका कारण वा बासस्थानमा क्षति पुग्दा मारिए ।
वैज्ञानिकहरुकाअनुसार संकट उच्च अवस्थामा रहदाँ गत जनवरीमा १ अर्ब २५ करोड जनावरहरु न्यु साउथवेल्स र भिक्टोरिया राज्यमा मात्रै मारिए । तर, यो अध्ययनले धेरै क्षेत्र समेटेको छ । ११ दशमलव ४६ मिलियन हेक्टर अर्थात् झन्डै इङ्ल्यान्ड बराबरको इलाका सेप्टेम्बरदेखि फेब्रअरीसम्म डढेको थियो ।
‘जब तपाई झन्डै ३ अर्ब स्थानीय जनावर आगलागीमा परे भन्न सोच्नुहुन्छ, यो पक्कै भयावह छ, यो संख्या बुझ्न कठिन छ,’ अष्टे«लियन विश्वविद्यालयहरुका १० वैज्ञानिकसँग मिलेर परियोजना हेरेका प्रोफेसर क्रिस डिकम्यानले भने । उनले मृतक जनावरको यकिन संख्या ठ्याक्कै भन्न नसकिने बताए, यद्यपि, खाद्यान्न र आश्रयको अभावका कारण आगलागीबाट भागेर बाँच्ने जनावरको संख्या ठूलो हुन नसक्ने बताए । विध्वंश निम्तनुअघि गरिएको जनावरको गणनाका आधारमा अहिलेको आँकडा निर्धारित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सकियो
-
रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा
-
विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
-
ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा
-
बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा ४ जना महिला पक्राउ
-
सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण