शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको डढेंलो आधुनिक इतिहासकै सर्वाधिक ठूलो वन्यजन्तु प्रकोप

मङ्गलबार, १३ साउन २०७७, १८ : ०२
मङ्गलबार, १३ साउन २०७७

एजेन्सी । अष्ट्रेलियामा गत वर्ष निम्तिएको विनाशकारी डढेंलोका कारण झन्डै ३ अर्ब जनावरहरु मारिएको वा अन्यत्र बसाई रहेको अनुमान वैज्ञानिकहरुले लगाएका छन् । यस खोजीको अर्थ यो डढेंलो ‘आधुनिक इतिहासको सबैभन्दा विध्वंशकारी वन्यजन्तु प्रकोप’ रहेको वल्र्डवाइड फन्ड फर नेचर (डब्ल्युडब्ल्युएफ) ले जनाएको छ । यो रिपोर्ट डब्लयुडब्ल्युएफले नै तयार गरेको हो । 

अष्ट्रेलियाका हरेक राज्यमा गत समरमा डढेंलो फैलिएको थियो, जसले घाँसपात डढायो भने कम्तिमा ३३ जना मानिसको ज्यान लियो । यसक्रममा चौपाया, रेप्टाइल्स, चरा, भ्यागुताहरु डढेंलोका कारण वा बासस्थानमा क्षति पुग्दा मारिए । 
वैज्ञानिकहरुकाअनुसार संकट उच्च अवस्थामा रहदाँ गत जनवरीमा १ अर्ब २५ करोड जनावरहरु न्यु साउथवेल्स र भिक्टोरिया राज्यमा मात्रै मारिए ।  तर, यो अध्ययनले धेरै क्षेत्र समेटेको छ । ११ दशमलव ४६ मिलियन हेक्टर अर्थात् झन्डै इङ्ल्यान्ड बराबरको इलाका सेप्टेम्बरदेखि फेब्रअरीसम्म डढेको थियो ।

 ‘जब तपाई झन्डै ३ अर्ब स्थानीय जनावर आगलागीमा परे भन्न सोच्नुहुन्छ, यो पक्कै भयावह छ, यो संख्या बुझ्न कठिन छ,’ अष्टे«लियन विश्वविद्यालयहरुका १० वैज्ञानिकसँग मिलेर परियोजना हेरेका प्रोफेसर क्रिस डिकम्यानले भने ।  उनले मृतक जनावरको यकिन संख्या ठ्याक्कै भन्न नसकिने बताए, यद्यपि, खाद्यान्न र आश्रयको अभावका कारण आगलागीबाट भागेर बाँच्ने जनावरको संख्या ठूलो हुन नसक्ने बताए । विध्वंश निम्तनुअघि गरिएको जनावरको गणनाका आधारमा अहिलेको आँकडा निर्धारित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप