आठबीस घटना : ९ दिनपछि भेटियो रजनीको शव

सुर्खेत । आमासहित कर्णाली नदीमा हामफालेकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ । गएको फागुन २३ गते आइतबार नदीमा हाम फालेकी उनको शव मंगलबार भेटिएको दैलेख प्रहरीले बताएको छ।
नौ दिन पछि रजनीको शव अछाम जिल्लाको अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
उनको शव मंगलबार दिउँसो कर्णाली नदीको किनारमा भेटिएको हो,’उनले भने ।
साथै रजनीको शव पोष्टमार्टमका अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा पठासकिएको बताइएको छ ।
नदी किनारमा बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरीले बताएको छ ।
यसअघि आठबीस–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै कर्णाली नदीमा हाम फालेको भोलिपल्ट अर्थात फागुन २४ गते (सोमबार) सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदीमा फेला परेको थियो। त्यसको भोलिपल्ट (मंगलबार) सुकी र उनका छोरा १० वर्षीया ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो । उनीहरुको सामूहिक दाहसंस्कार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
पश्चिमी र स्थानीय वायुसहित जलवाष्पयुक्त हावाको प्रभाव : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
सोमबार कुन राशिका लागि शुभ ?
-
चीनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो
-
गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु, दर्जनौँ घाइते
-
सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन सुरु