ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ गते काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्ने बताए।
- ओलीले राजावादीको आन्दोलनलाई लक्षित गर्दै प्रतिगामी तत्त्वहरूलाई परास्त गर्न निर्देशन दिए।
- उनले १५ गते हुने प्रदर्शनको विपक्षमा तयारी रहन र जनतालाई भ्रम चिर्न आग्रह गरे।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ गते काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका छन् । आइतबार बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै र राजावादीको आन्दोलनलाई समेत लक्षित गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।
राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्त्वहरू सलबलाउँदा एमालेहरूको मनोबल गिर्न नहुने उल्लेख गर्दै ओलीले लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरूले फैलाउने भ्रम चिर्न आग्रह गरे ।
अध्यक्ष ओलीले प्रतिगामीहरूले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन दिए । ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ’, अध्यक्ष ओलीले भने, ‘कसरी कुन संस्था अगाडि लाग्छ, त्यसलाई छाड्दिनुस् । आन्दोलनमा प्रोटोकल सोर्टकलका कुरा हुँदैन । सबै एकैतिर अघि बढ्ने ।’
उनले राजावादीहरू कुनै महान् उद्देश्यका लागि लडिनरहेको पनि बताए । ‘जनता र सरकार मौन बसेको अवस्थाको फाइदा लिएर अनावश्यक फुर्तिफार्ति देखाएका छन्’, उनले भने, ‘यी अक्षता मन्साउने हुन् । ढ्याङग्रो लिएर एमाले मैदानमा उत्रेपछि यी कता कता दुला पस्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण