रोशनी शाही मृत्यु प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट बृहस्पति मार्गस्थित डेरामा बस्दै आएकी ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार मृतक जाजरकोटको स्थायी बासिन्दा हुन्।
आइतबार दिउँसो अन्दाजी १ः५० बजे तिर रोशनी शाहीको डेरा रहेको तीनतले पक्की घरको पहिलो तलाको कोठामा भित्रबाट चुकुल लगाई उनी घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको सूचना प्राप्त भएलगत्तै प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।
घटनाको प्रकृति, मृतकको शरीरको अवस्था र कोठाको अवस्थालाई मध्यनजर गर्दै अनुसन्धान भइरहेको बताइएको छ। घटनाका बारेमा थप विवरण संकलन कार्य जारी रहेको र पोष्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारण पुष्टि हुने प्रहरीले जानकारी दिएको छ।
प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले घटनाबारे जानकारी दिँदै भने, ’मृतकको कोठा भित्रैबाट चुकुल लगाईएको अवस्थामा शव भेटिएको हो। यसबारे अनुसन्धान सुरु गरिएको छ।’
शाहीले तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाएकी थिइन् । सोही प्रकरणपछि महरा पक्राउ परेका थिए । पछि उनले सफाइ पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण