लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आइतबार, ११ जेठ २०८२, ०८ : ४४
बुटवल । लुम्बिनी प्रदेश सभाको नवौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२–०८३ को प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।
यस बैठकलाई आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि नीति तथा प्राथमिकता तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलले आगामी विकास योजनाहरू र बजेट वितरणको मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ । यस अघि हिजो बसेको प्रदेश सभाले नीति तथा कार्यक्रम पारित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण