युवा संघ महाधिवेशन
युवा संघको महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, थेबे र पुरीबिच प्रतिस्पर्धा
आइतबार, ११ जेठ २०८२, १६ : ०५
सारांश
- राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनमा मनोनयन सुरु भएको छ। सर्वसम्मत नेतृत्वको प्रयास असफल भएपछि निर्वाचन हुने पक्का भएको छ।
- अध्यक्ष पदका लागि क्षितिज थेबे र सुमन पुरीबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको छ। दुवै नेतालाई विभिन्न शीर्ष नेताहरूको समर्थन छ।
- निर्वाचन तालिका अनुसार, सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ र मतदानलगत्तै मतगणना हुनेछ।
पोखरा । राष्ट्रिय युवा सङ्घ नेपालको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मनोनयन सुरु भएको छ । सर्वसम्मत नेतृत्व छान्ने प्रयास असफल भएपछि मनोनयन खुला गरिएको हो ।
मतदाता नामावली प्रकाशन भैसकेको छ । १ हजार ७ सय ५१ जनाको नाम अन्तिम मतदाता नामावलीमा प्रकाशन भएको छ । पर्वत, मोरङ लगायत जिल्लाको प्रतिनिधि छनोट विवाद टुङ्गिएर नामावली प्रकाशन गरिएको हो ।
अध्यक्षमा दुई प्यानलमा निर्वाचन हुने लगभग पक्का छ । अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबिचमा प्रतिस्पर्धा हुने नेताहरूको बुझाइ छ । थेबेलाई एमाले अध्यक्ष केपी शर्मा ओली र पुरीलाई विष्णु पौडेल लगायत नेताहरूको समर्थन छ ।
मनोनयन सम्बन्धी सबै काम सकेर सोमबार बिहानदेखि मतदान हुने निर्वाचन तालिका छ । बिहान ८ देखि ४ बजेसम्म मतदान हुने र मतदान लगत्तै गणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण