राजावादी प्रदर्शन
तीनकुने घटना : दुर्गा प्रसाईँसहित २० जनालाई जन्मकैद मागदाबी
आइतबार, ११ जेठ २०८२, १६ : ३४

समाचार सारांश
- मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित २० जनाविरुद्ध जन्मकैदको मागसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
- प्रहरी अनुसन्धानका आधारमा तीनकुने घटनामा संलग्न भएको आरोपमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।
- ६१ जना विरुद्ध विभिन्न कसुरमा मुद्दा दर्ता भएको छ, जसमा राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र ज्यान मार्ने कसुर समावेश छन्।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित २० जनाविरुद्ध जन्मकैदको मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
आइतबार प्रहरी अनुसन्धानका आधारमा तीनकुने घटनामा संलग्न भएको जिकिर सहित जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
जसमा ५० जनालाई राज्यविरुद्धको कसुरमा, ११ जनालाई आपराधिक उपद्वव र ८ जनालाई ज्यान मार्ने कसुरमा मुद्दा चलाइएको जिल्ला सरकारी वकिलका कार्यालय प्रमुख रामहरि शर्माले जानकारी दिए ।
जिल्ला अदालतका अनुसार कुल ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । यस्तै चार जना नाबालकलाई बाल अदालतमा मुद्दा चलाउने तयारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंविरूद्ध कुनकुन कसूर र सजायको मागदावी लिइयो ?
-
ग्लोबल आइएमई बैङ्कद्वारा यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक
-
रवीन्द्र मिश्रको बयान : अश्रुग्याँसले पोलेको सुरमा अनियोजित र आवेगमा मन्तव्य दिएको हुँ
-
आफ्नै पोर्टलबाट सदस्यता खोल्न एनआरएनएले गर्यो राष्ट्रिय समन्वय परिषद्हरूलाई अनुरोध
-
युवा संघकाे अध्यक्षका लागि क्षितिज थेबेद्बारा मनोनयन दर्ता
-
न्यूजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै