आँगनमा माटो भर्ने क्रममा ट्रयाक्टरले ठक्कर दिँदा मृत्यु
आइतबार, ११ जेठ २०८२, १५ : ५५

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका ६ मनटोलमा ट्रयाक्टरको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । शनिबार दिउँसो करिब १ बजेतिर स्थानीय ६५ वर्षीय अमिरी पासवानलाई माटो पुर्ने क्रममा ज १ त ९५६४ नम्बरको ट्रयाक्टरको पछाडिको भागले ठक्कर दिएको हो ।
आँगनमा माटो पुर्दै गर्दा ट्रयाक्टरमा जडान गरिएको टेलर ब्याक गर्दा टाउकोमा गम्भीर चोट लागेका पासवानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र ट्रयाक्टरलाई घटनास्थलमै सुरक्षित राखिएको प्रहरीले जनाएको छ। ट्रयाक्टर चालक भने फरार भएका छन् । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय हीरापुरबाट करिब ४ किलोमिटर पूर्वमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको बयान : तीनकुनेमा आगजनी गर्न निर्देशन दिएको थिइनँ
-
भूमि विधेयकमा सत्तारुढ र सत्ता समर्थित दलकै संशोधन
-
सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेताहरूबिच छलफल
-
पैँयुको झ्याङबाट झ्याउँकिरी सङ्गीत, प्रेमको पर्खाइमा सहादत
-
तीनकुने प्रकरणमा दुर्गा प्रसाईंसहित ८ जना ज्यान मुद्दामा प्रतिवादी कायम
-
सोमबार बिहान माओवादी पदाधिकारी बैठक बस्ने