आँगनमा माटो भर्ने क्रममा ट्रयाक्टरले ठक्कर दिँदा मृत्यु
आइतबार, ११ जेठ २०८२, १५ : ५५
सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका ६ मनटोलमा ट्रयाक्टरको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । शनिबार दिउँसो करिब १ बजेतिर स्थानीय ६५ वर्षीय अमिरी पासवानलाई माटो पुर्ने क्रममा ज १ त ९५६४ नम्बरको ट्रयाक्टरको पछाडिको भागले ठक्कर दिएको हो ।
आँगनमा माटो पुर्दै गर्दा ट्रयाक्टरमा जडान गरिएको टेलर ब्याक गर्दा टाउकोमा गम्भीर चोट लागेका पासवानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र ट्रयाक्टरलाई घटनास्थलमै सुरक्षित राखिएको प्रहरीले जनाएको छ। ट्रयाक्टर चालक भने फरार भएका छन् । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय हीरापुरबाट करिब ४ किलोमिटर पूर्वमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण