सरकारबाट समर्थन फिर्ता लिन माओवादी केन्द्रको अन्तिम तयारी : स्थायी कमिटी बैठक बोलायो
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ । बिहीबार बिहान स्थायी कमिटीको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
भोलि बस्ने बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ ।
श्रेष्ठले भने ,'समर्थन फिर्ता विषयले नैतिक दबाब बढाएको छ । स्थायी कमिटी बैठक भोलि बस्दैछ । समर्थन फिर्ताबारे पनि बैठकमै छलफल हुन्छ । अहिले यत्ति भनौं ।'
फागुन २३ मा सर्वोच्च अदालतले गरेका नेकपा खारेजीको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि ओली सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ ।
मंगलबार पार्टी काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँगको छलफल पछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको बुझिएको छ ।
गत शनिबार प्रज्ञा भवनको डबलीमा नागरिक समाजले गरेको बहस कार्यक्रमा पनि अध्यक्ष प्रचण्डले केही दिनभित्रै समर्थनको जनाउ दिएका थिए । माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरूङले प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने समय सीमाबारे ध्यानाकर्षण गराएका थिए ।
चैत २३ गतेभित्र विश्वासको मत नलिएर सरकारको वैधानिकतामाथि प्रश्न उठ्ने उनको भनाइ थियो । विपक्षी दल काँग्रेस र जसपा नेताहरूसँगको छलफलपछि स्थायी कमिटी बैठक बोलाइएकाले भोलि नै समर्थन फिर्ता लिने सम्भावना देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

