सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारबाट समर्थन फिर्ता लिन माओवादी केन्द्रको अन्तिम तयारी : स्थायी कमिटी बैठक बोलायो

बुधबार, १८ चैत २०७७, २२ : २९
बुधबार, १८ चैत २०७७

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ । बिहीबार बिहान स्थायी कमिटीको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

भोलि बस्ने बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली  नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ ।

श्रेष्ठले भने ,'समर्थन फिर्ता विषयले नैतिक दबाब बढाएको छ । स्थायी कमिटी बैठक भोलि बस्दैछ । समर्थन फिर्ताबारे पनि बैठकमै छलफल हुन्छ  । अहिले यत्ति भनौं ।'

फागुन २३ मा सर्वोच्च अदालतले गरेका नेकपा खारेजीको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि ओली सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ ।

 


 

मंगलबार पार्टी काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँगको छलफल पछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको बुझिएको छ ।

गत शनिबार प्रज्ञा भवनको डबलीमा नागरिक समाजले गरेको बहस कार्यक्रमा पनि अध्यक्ष  प्रचण्डले केही दिनभित्रै समर्थनको जनाउ दिएका थिए । माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरूङले प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने समय सीमाबारे ध्यानाकर्षण गराएका थिए ।

 


 

चैत २३ गतेभित्र विश्वासको मत नलिएर सरकारको वैधानिकतामाथि प्रश्न उठ्ने उनको भनाइ थियो । विपक्षी दल काँग्रेस र जसपा नेताहरूसँगको छलफलपछि स्थायी कमिटी बैठक बोलाइएकाले भोलि नै समर्थन फिर्ता लिने सम्भावना देखिएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप