प्रधानमन्त्री ओलीले दिए महन्थ ठाकुरलाई धन्यवाद
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेश सरकारलाई समर्थन जनाएकोमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री अोलीसँग छलफल गर्न पुगेका ठाकुरलाई धन्यवाद दिँदै केन्द्रमा पनि समर्थन जनाउन आग्रह गर्नुभएको स्रोतले जनाएको छ । त्यसक्रममा अध्यक्ष ठाकुरले आफूहरुले राखेको मागको के भयो भनि जिज्ञासा राखेका थिए । आफूहरुले गर्नुपर्ने काम गरिरहेको तर सरकारको तर्फबाट हुनुपर्ने काम नभएको भन्दै ठाकुरले गुनासो गरेको बैठकमा सहभागी एक नेताले बताए ।
जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो, वार्ता गर्न गठन भएको कार्यदलका सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसहित बालुवाटार पुगेका ठाकुरले प्रधानमन्त्री ओली समक्ष मुद्दा फिर्ता, बन्दी रिहाइ, संविधान संशोधनलगायतका विषय कहाँ पुग्यो भनि जिज्ञासा राखेका थिए । हिजो बसेको मन्त्रीपरिषद्को बैठकले मुद्दा फिर्ता गरेका समाचार बाहिर आएपनि त्यसको बारेमा पार्टीलाई कुनै जानकारी नआएको जिज्ञासा पनि ठाकुरले राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
त्यसको जवाफमा प्रधानमन्त्री ओलीले मुद्दा फिर्ता लगायत बन्दी रिहाइको काम प्रकृयामा रहेको आश्वासन दिँदै एक दुई दिनमै सबै कुराको जानकारी गराउने प्रधानमन्त्री ओलीले जनाएको ती नेताले बताए । यस विषयमा आफूहरुले राखेको मागको बारेमा प्रधानमन्त्री अोलीसँग जिज्ञासा राख्दा उनले एक दुई दिनमै माग पुरा गर्ने गरी काम भइरहेको जवाफ दिएको कार्यदलका सदस्य एवम् जसपा नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपडेट : भुक्तानी नगर्दा काटियो इन्टरनेट
-
विश्वासको मत नलिए नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ : सचेतक भण्डारी
-
कसरी सुल्झिएला सलमान खानको घरमा भएको गोलीबारीको घटना ?
-
४ सय ३६ स्थानमा डढेलो
-
काठमाडौँको बालबाटिका स्कुलमा कालो ब्यानर
-
विकासका योजनाहरू समयमै सम्पन्न हुन नसक्नुको कारण खोजौँ : सांसद भण्डारी