गण्डकीमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र लाइफ केयर एण्ड डाइनोस्टिक प्रालिमा गरिएको परीक्षणमा थप ८० जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
संक्रमितहरुमा सबैभन्दा धेरै पोखराका ५५ जना रहेका छन् । तीमध्ये पोखरा ८ मा ९ जना, १७ मा ७ जना रहेका छन् । बाँकी अन्य वडाका रहेका छन् । योसँगै पोखरा सहित कास्कीमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ९६३ पुगेको छ ।
हालसम्म कास्कीमा ८ हजार ३०७ जना कोरोना मुक्त भएका छन् । हालसम्म कास्कीमा कोरोनाका कारण ११८ जनाको मृत्यु भएको छ । यसैगरी म्याग्दीमा ११, नवलपरासी पूर्वमा ५ जना, स्याङजाका ४, पर्वतका ३, लमजुङ र तनहुँका एक, एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माले बताए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ४८८ पुगेको छ । अहिलेसम्म प्रदेशमा १६ हजार ५ सय ३१ जना निको भएका छन् । कोरोनाका कारण प्रदेशमा हालसम्म २११ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषध र २ लाख नगद सहित युवती पक्राउ
-
कर्णालीमा प्रतिपक्षले बजेटलाई किन मान्यो ‘अवैध’ ?
-
पहिला खेल मैदानमा पसिना बगाए, अहिले खेलकुद हाँक्ने जिम्मा पाए
-
सर्वोच्चले एनआरएनएको १० औँ महाधिवेशन रद्द गर्ने आफ्नै फैसला पुनरवलोकन गर्ने
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा