कपिलवस्तुमा माओवादी नेतामाथि गोली प्रहार, दुईजना घाइते

काठमाडौं । कपिलवस्तुको कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा नेकपा (माओवादी केन्द्र)का नेता दिपक पाण्डेमाथि गोली हानिएको छ । गएराती अपरिचित व्यक्तिले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका छन् ।
गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान र घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले रातोपाटीलाई बताए ।
दिपक पाण्डे सहित ३ जना लु.९प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैयाखोला बाट तौलिहवातिर आउँदै थिए । भारत घर भएका वर्ष ३६ को मोहम्मद इसाद खानले मोटरसाइकल चलाएका थिए ।
उनीहरुमाथि पछाडिबाट एउटा मोटरसाइकलमा आएका तीनजनाले गोली हानेर भागेका हुन् । अयाजको बायाँ हातको कुममा गोली लागेको छ । उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ ।
दिपक पाण्डेलाई उपचारका लागी भैरहवा भेडिकल कजेलमा राखिएको छ । उनको ढाड र पेटमा गोली लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल