त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
सारांश
- स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्यो।
- नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य पछ्याउँदै नेपालले १९.४ ओभरमा ४ विकेट गुमाएर जित हासिल गर्यो, कुशल भुर्तेलले ६५ रन बनाए।
- नेदरल्याण्ड्सका लेभिटले ८६ रन बनाए भने नेपालका लागि करण केसीले २ विकेट लिए।
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्ड टी–ट्वान्टी त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्समाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ ।
स्कटल्यान्डमा नेदरल्यान्ड्सले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि कुशल भुर्तेलले ६५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै आजको खेलमा आरिफ शेखले ३९ रन बनाउदा भिम सार्कीले २७ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि ओपनर लेभिटले सर्वाधिक ८६ रनको अर्धशतकीय पारी खेले । उनले ५३ बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गरे । नेदरल्यान्ड्सका लागि रोएलफ भ्यान डेरले ३६ र आर्यन दत्त १७ रनमा अविजित रहे ।
बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक दुई विकेट लिए । त्यस्तै ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान एक एक विकेट लिए ।
यो सिरिजमा नेपालले खेलेका तिनै खेल अन्तिम ओभरमा जित निकालेको छ । आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका आरिफ शेख अन्तिम ओभरअघि रिटायर हर्ट भएर पेभेलियन फर्किए । सामान्यतया क्रिकेटमा अन्तिम ओभरमा आएका खेलाडीका लागि अन्तिम ओभरमा रन बनाउन मुस्किल हुन्छ ।
तर, आजको खेलमा लोकेश बमले २ छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण