सीके राउत बने ‘जनमत पार्टी’को अध्यक्ष, को–को छन् केन्द्रीय समितिमा (नामावलीसहित)
सिरहा– अन्ततः सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको नाम परिवर्तन भएको छ । सरकारसँग भएको ११ बुँदे सहमतिपछि मूलधारको राजनीतिमा आएको सो समूहले अब ‘जनमत पार्टी’को नामबाट मूलधारको राजनीति गर्ने भएको हो ।
जनमत पार्टीमा सीके राउतलाई अध्यक्ष चयन गरिएको छ । यस्तै केन्द्रीय सदस्यमा कैलाश महतो (महोत्तरी) राजकुमार यादव (सिरहा) अब्दुल खान (बर्दिया), चन्द सिंह (महोत्तरी), बबिता इसर (सप्तरी), कौशिला महतो (झापा), परमेश्वर मुर्मु(मोरङ) सीताराम पण्डित (सुनसरी), सुरेन्द्र शर्मा (सप्तरी), सरिता यादव (सिरहा), इन्द्रजीत यादव (धनुषा), सञ्जय यादव (महोत्तरी) नरेश कुशहवा( सर्लाही) वीरेन्द्र साह (रौतहट), दिनेश यादव (बारा) सञ्जय शाह (पर्सा) धु्रव गौड (नवलपरासी) भोपेन्द्र यादव(रुपन्देही) हकिकुल्ला खान(कपिलबस्तु) राधा यादव(दाङ) इरफान अहमद शेष (बाँके) महेन्द्र प्रसाद चौधरी (कैलाली), दुर्गा चौहान (नवलपरासी) र आसा मेहता (सुनसरी रहेका छन् ।
बैठकले बाँकी १० जना सदस्यमध्ये दलित जनजाती अल्पसंख्यक सहितको प्रतिनिधित्व हुनेगरी मनोनयन गर्ने जिम्मेवारी राउतलाई दिएको छ ।
यसैगरी जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएको छ । पार्टीका केन्द्रीय सदस्य अब्दुल खानका अनुसार पार्टीको झण्डामा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको छ ।
यस्तै चुनाव चिन्ह ‘अष्टदल’ राखिने भएको छ ।
सीके राउतको पार्टीको नाम फेरियो, अब जनमत पार्टी
सरकारसँगको सहमति ऐतिहासिक : सिके राउत
सिके राउत नेतृत्वको पार्टीको नयाँ यात्रा: बैठक सकिएलगत्तै जे देखियो
यस्तो हुनेछ सिके राउतको पार्टीको झण्डा र चुनाव चिन्ह
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण