बिहीबार, २९ कात्तिक २०८१
ताजा लोकप्रिय

आईसीसी टी–२० विश्वकपमा अमेरिकाले पहिलो पटक सहभागिता जनाउन लागेको हो । अमेरिकाले आयोजक राष्ट्रका रूपमा टी–२० विश्वकपको नवौँ संस्करण खेल्न लागेको हो । अमेरिकाले क्रिकेटको कुनै पनि ढाँचाको विश्वकप खेल्न लागेको यो पहिलो पटक हो । 

टी–२० विश्वकपमा सहभागिता : नवौँ संस्करण सन् २०२४

अमेरिकाको टोली : मोनाङ्क पटेल (कप्तान), एरोन जोन्स, आन्द्रिस गौस, कोरी एन्डर्सन, अली खान, हरमित सिंह, जेसी सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितिस कुमार, नोसतुष केन्जिगे, सौरभ नेथ्रलभाकर, साड्ली भान स्चाल्कविक, स्टिभन टेलर र सायान जहांगीर ।

नवौँ विश्वकपमा अमेरिका : समूह ‘ए’ अमेरिका, भारत, पाकिस्तान, क्यानडा र आयरल्यान्ड ।

जुन १ : अमेरिकाविरुद्ध क्यानडा

जुन ६ : अमेरिकाविरुद्ध पाकिस्तान

जुन १२ : अमेरिकाविरुद्ध भारत

जुन १४ : अमेरिकाविरुद्ध आयरल्यान्ड