आईसीसी टी–२० विश्वकपमा ओमानको यो तेस्रो सहभागिता हो । ओमानले यसअघि दुईपटक टी–२० विश्वकप खेलिसकेको छ । ओमानले सन् २०१६ मा सम्पन्न छैटौँ टी–२० विश्वकपमा पहिलो पटक सहभागिता जनाएको थियो ।
टी–२० विश्वकपमा ओमान प्रारम्भिक चरणभन्दा अगाडि बढ्न सकेको छैन । पहिलो सहभागितामा ओमान समूह ‘ए’ मा परेको थियो । त्यो समूहमा बंगलादेश, नेदरल्यान्ड्स र आयरल्यान्ड पनि थिए । ओमानले समूहगत चरणको तीनमध्ये एक खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो ।
ओमानले टी–२० विश्वकपको आफ्नो पहिलो सहभागिताको पहिलो खेलमै जित हात पारेको थियो । समूहगत चरणको आफ्नो पहिलो खेलमा ओमानको टोलीले आयरल्यान्डलाई दुई विकेटले पराजित गरेको थियो ।
सन् २०२१ मा ओमानले दोस्रो पटक विश्वकप खेलेको थियो । आफ्नो दोस्रो सहभागितामा पनि ओमान समूहगत चरणबाटै बाहिरिएको थियो । दोस्रो सहभागितामा पनि ओमानले तीनमध्ये एक खेलमा जित हात पारेको थियो । दोस्रो सहभागितामा ओमानले पपुवा न्यु गिनीलाई १० विकेटले हराएको थियो ।
टी–२० विश्वकपको दुईवटा संस्करणमा ओमानले कुल ६ खेल खेलेको छ । ओमानले त्यसमध्ये दुई खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । ओमानको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ ।
टी–२० विश्वकप सहभागिता: छैटौँ संस्करण सन् २०१६, सातौँ संस्करण सन् २०२१ र नवौँ संस्करण सन् २०२४
ओमानको टोली: अकिब ईलयस (कप्तान), जिसन मकसुद, कश्यप प्रजापती, प्रतिक अथावाले, आयान खान, सोएब खान, मोहम्मद नदिम, नसिम खुशी, मेहरान खान, बिलाल खान, रफिउल्लाह कलिमुल्लाह, फायाज बट, सकिल अहमद र खालिद काइल ।
नवौँ विश्वकपमा ओमान: समूह ‘बी’ ओमान, स्कटल्यान्ड, नामिबिया, अस्ट्रेलिया र इङ्ल्यान्ड ।
जुन २: ओमानविरुद्ध नामिबिया
जुन ५: ओमानविरुद्ध अस्ट्रेलिया
जुन ९: ओमानविरुद्ध स्कटल्यान्ड
जुन १३: ओमानविरुद्ध इङ्ल्यान्ड
स्कटल्याण्ड
ओमान
ओमान
नामिबिया
स्कटल्याण्ड
ओमान
ओमान
नामिबिया
नेपाल
ओमान
क्यानडा
ओमान
ओमान
नेपाल
ओमान
क्यानडा
ओमान
युएई
ओमान
नेदरल्यान्ड्स
युएई
ओमान
ओमान
नेदरल्यान्ड्स
ओमान
नामिबिया
ओमान
अमेरिका
ओमान
नामिबिया
ओमान
अमेरिका
ओमान
क्यानडा
अमेरिका
ओमान
ओमान
क्यानडा
अमेरिका
ओमान
नेपाल
ओमान
नेपाल
ओमान