भारतमा नेपालीभाषीले चलाएको आन्दोलनप्रति जनमोर्चाको ऐक्यबद्धता
काठमाडौँ– राष्ट्रिय जनमोर्चाले भारतमा नेपालीभाषीहरुले चलाएको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त ऐक्यवद्धता जनाएका हुन् ।
भारतमा आफ्ना नागरिक र गैर नागरिकको पहिचान गर्न राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) कार्यक्रम चलिरहेको छ । तर भारतको आसाममा वर्षौंदेखि बस्दै आएका करिव एक लाख नेपाली भाषी भारतीयहरु राष्ट्रिय नागरिक पञ्जीकरणबाट बञ्चित हुन पुगेका छन् ।
एनआरसीको प्रावधान अनुसार सन् १९७१ देखि आसाममा बसोबास गर्नेहरुलाई मात्र नागरिक मानिन्छ । त्यसपछि बसोबास गर्नेहरु स्वतः आप्रवासी मानिन्छन् ।
‘सन् १९७१ अघिका आधिकारीक प्रमाण धेरैसँग छैन । यद्यपि, सन् १९७१ अघिदेखि बसोबास गर्नेहरु छुटेका छन् । छुट्नेमा प्रायः धेरै उमेरका र महिलाहरु बढी छन् । भारतीय जनता पार्टीको विभेदकारी नीतिका कारण पुस्तौंदेखि त्यहाँ बस्दै आएका नेपाली भाषीहरु त्यहाँको नागरिकताबाट बञ्चित हुन परेको छ । त्यसको अर्थ अब उनीहरु देशविहीन अवस्थामा पुग्दछन्’ अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राजमोका अनुसार आसाममा राष्ट्रिय नागरिक पञ्जीकरण सूचीमा नपर्नेहरुको ठूलो संख्या मुस्लिम, झारखण्ड र विहारका आदिवासी छन् । आसाममा यप्रकारको नागरिकता समस्याहरु र त्यसका विरुद्ध कैयौं पटक संघर्ष हुने गरेको छ ।
‘अहिले पनि उक्त नागरिकताको समस्याका विरुद्ध मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, भाकपा (माले) सहित कैयौं राजनीतिक पार्टी र सामाजिक संगठनहरुले संयुक्त रुपमा संघर्ष गर्ने कार्यक्रम बनाएका छन् । हाम्रो पार्टीले उक्त संयुक्त संघर्ष र नेपाली भाषीहरुले चलाएको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछ’ राजमोले भनेको छ । त्यस्तै नेपाल सरकारसँग उच्च कुटनीतिक स्तरमा भारत सरकारसित बार्ता गरेर त्यहाँका नेपाली भाषीहरुको नागरिकता समस्या समाधान गर्न पनि राजमोले माग गरेको छ ।
राजमोले आसामस्थित नेपाली भाषीमाथि भएको त्यसप्रकारको अन्यायका विरुद्ध आवाज उठाउन नेपालका राजनीतिक दल, विभिन्न संघ÷संस्था र आम जनतासँग पनि अपिल पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण