यसरी घटाएकी थिइन् सोनाक्षीले ३० किलो तौल
बलिउडमा डेब्यु गर्नुअघि अभिनेत्री सोनाक्षी सिन्हाले ९५ किलो तौल घटाएर ६५ किलो बनाएकी थिइन् । उनी कलेजमा हुँदा ९५ किलोको थिइन् । पछि ३० किलो घटाएकी थिइन् ।
यति धेरै तौलकी सिनाक्षीले कसरी तौल घटाइन् त ? यो सबैको चासोको विषय हो । फिल्म क्षेत्रमा आउनको लागि उनले कडा मेहेनत गरेर शरीरलाई सुगठित बनाएकी थिइन् ।
उनले तौलका कारण थुप्रै समस्या झेल्नुपरेको थियो । सोनाक्षीले भनिन्, ‘जब म कलेजमा थिए मेरो तौल ९५ किलो थियो ।’
उनले आफू सधैँ एउटा मोटी केटीको रुपमा परिचित रहेको अनुभव सुनाइन् । उनले स्कुल र कलेजमा मोटी भएकै कारण उपेक्षा सहनुपरेको थियो । तौलकै कारण उनलाई हरेक कुरामा साइड लगाइने पनि उनले सुनाइन् ।
मोटी हुनुको पीडा सुनाउँदै सोनाक्षीले भनिन्, ‘मलाई अझै याद छ, एक पटक मलाई मोडलजस्तै क्याट वाक गर्ने रहर जाग्यो । तर मलाई पातली केटीहरुले लाइट समाउन लगाए । मैले भने ‘किन ?’ उनीहरुले मेरो क्याट वाक गर्ने तौल नभएको भन्दै मजाक उडाए । मलाई ज्यादै दुख लाग्यो ।’
तर उनले पहिलो फिल्म ‘दबंग’ भन्दा अगाडि कडा मेहेनत गरेर तौल घटाइन् । फिल्म रिलीजपछि दर्शकले असाध्यै माया दिएको तर मिडिया र फिल्म उद्योगका केहि मानिसहरुले मजाक उडाएको दुखेसो पोखिन् ।
सन् २०१० मा सुपरस्टार सलमान खानसँग फिल्म ‘दबंग’ बाट बलिउडमा डेब्यु गरेकी सोनाक्षीले आफ्नो अभिनयका कारण फिल्म क्षेत्रमा अलग्गै पहिचान बनाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण