केरुङदेखि काठमाडौँसम्मको रेलमार्ग चीनको प्राथमिकतामा नपर्ने
छिमेकी चीनले तीन साताअघि सिगात्से–केरुङ रेलमार्गको निर्माण कार्य सुरु गरेको छ । सिगात्से आइपुगेको तिब्बत रेलमार्ग आगामी सात वर्ष्भित्र रसुवागढीबाट २४ किलोमिटर नजिकको हिमाली उपत्यका केरुङ जोड्ने चीनको योजना छ ।
यसअघि चीनले रेलमार्ग सन् २०२० सम्म सिगात्सेमा ल्याउने लक्ष्य राखेको भए पनि भौगोलिक विकटताका कारण देखाउँदै समय पछि धकेलेको हो । सो रेलमार्गको दूरी ५४० किलोमिटर हुनेछ ।
तर, केरुङदेखि काठमाडौंसम्मको रेलमार्गका लागि चीनको प्र्राथमिकता नरहेको बुझिएको छ । गत साता मात्रै नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले पनि सो विषयलाई भन्दा चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) परियोजनातर्फ जोड दिए । केरुङ–रसुवागढी रेलमार्गको विषयमा फिजिबिलिटी अध्ययनको काम पूरा भइसकेको रेल विभाग नेपालका सिभिल इन्जिनियर किरण कार्कीले जानकारी दिए ।
‘सो अध्ययनपछि बाँकी काम हुन सकेको छैन,’ उनले भने, ‘हामी थप अध्ययनका लागि तयारी चरणमा छौं ।’
नेपाल पक्ष भने केरुङदेखि काठमाडांै रेलमार्ग निर्माणका लागि पहलकदमी गरिरहेको भए पनि चिनियाँ पक्षले सुरक्षाका कारण देखाउँदै प्र्राथमिकतामा राखेको छैन । चीनले बीआरआईलाई नै जोड दिइरहेको छ । केरुङ–काठमाडौं रेलमार्ग ७२ किलोमिटरका लागि करिब ४ खर्ब रुपैयाँ खर्च हुने अनुमान छ । यति धेरै लगानी गर्ने विषयमा अन्योल छ । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण