बन्द रहेको मनकामना केबलकार सञ्चालनमा आयो
मर्मतसम्भारका लागि गत भदौ २२ गतेदेखि बन्द गरिएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ ।
मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार मूलह्वील लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २६ गतेसम्म पाँच दिन बन्द गरिएको थियो ।
आज बिहानदेखि पुनः नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डीएन कायस्थले जानकारी दिनुभयो । केबलकार २० वर्षअघि अष्ट्रियाको डोप्पलमेरले बनाएको थियो ।
उसले निश्चित अवधिमा आफूले बनाएका केबलकारको अवस्थाबारे अनुगमन गर्ने गरेको छ । यहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएर उसकै निगरानीमा मर्मतसम्भार गरिएको कायस्थले बताए ।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनटार (चेरेस)मा प्रवेशद्वार (बटम स्टेशन) रहेको यस केबलकार चढेर गोरखाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न यात्रुहरु जाने गर्छन् ।
मनकामना दर्शनका लागि जानेहरुको प्रायः सधैँ केबलकारको स्टेशनमा भीड नै लाग्छ । दर्शनार्थीहरुको चाप बढेसँगै केबलकारको क्षमता विस्तार गरिएको छ । अहिले केबलकारको ३४ डब्बाले यात्रु र तीन वटाले सामग्री तथा खसीबोका बोक्ने गरेको छ । मनकामना दर्शनका लागि प्रत्येक दिन औषतमा तीन हजारदेखि तीन हजार ५०० दर्शनार्थीले मनकामना केबलकार चढ्ने गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग
-
विभिन्न दस्ताबेज पारित गर्दै एकीकृत समाजवादीको बैठक सम्पन्न
-
बागमती विश्वविद्यालयको संरक्षक समितिमा दुई सदस्य नियुक्त
-
युवा संघ नेपालले १५ बुँदा माग राख्दै बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
अवस्था ठिक नभएका सवारी साधन चलाउने ५३ जना चालक कारबाहीमा
-
निजी क्षेत्र कस्तो चाहन्छ आगामी वर्षको बजेट ?