बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालन

शुक्रबार, २७ भदौ २०७६, १८ : ४९
शुक्रबार, २७ भदौ २०७६

काठमाडौं– मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ ।  गण्डकी प्रदेश सरकारको पहलमा शुक्रबार सो विमानस्थलमा समिट एयरको विमान अवतरण गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका प्रतिनिधिसभाका सांसद देशसभा सांसद पाल्देन गुरुङ लगायत समिट एयरको विमानबाट हुम्डे पुगेका थिए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले आफ्नो प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन भएकाले त्यसका विकासका लागि सो विमानस्थलको सेवा पुनः संचालन ल्याइएको स्पष्ट पारे । उनले सो विमानस्थलको सेवालाई नियमित गराउन सबै स्थानीय तहलाई पनि सचेत गराए ।

२०३९ सालमा बनेको यो विमानस्थलमा २०७० सालदेखि बन्द थियो । सो विमान पुनः सञ्चालनमा आएपछि प्रदेश मुख्यमन्त्री गुरुङले यसलाई नियमित बनाउन सबैको सहयोग जरुरी रहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप