मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालन
काठमाडौं– मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको पहलमा शुक्रबार सो विमानस्थलमा समिट एयरको विमान अवतरण गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका प्रतिनिधिसभाका सांसद देशसभा सांसद पाल्देन गुरुङ लगायत समिट एयरको विमानबाट हुम्डे पुगेका थिए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले आफ्नो प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन भएकाले त्यसका विकासका लागि सो विमानस्थलको सेवा पुनः संचालन ल्याइएको स्पष्ट पारे । उनले सो विमानस्थलको सेवालाई नियमित गराउन सबै स्थानीय तहलाई पनि सचेत गराए ।
२०३९ सालमा बनेको यो विमानस्थलमा २०७० सालदेखि बन्द थियो । सो विमान पुनः सञ्चालनमा आएपछि प्रदेश मुख्यमन्त्री गुरुङले यसलाई नियमित बनाउन सबैको सहयोग जरुरी रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण