आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
सारांश
- नेपाल आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रार पदको अन्तर्वार्ता मिति तोकिएपछि अन्तिम समयमा रमेश पौडेलको नाम थप गरिएको छ ।
- अन्तर्वार्ता मिति तय भइसकेपछि नयाँ व्यक्तिको नाम थप गरिनुले छनोट प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठेको छ ।
- परिषद्को रजिष्ट्रार पदका लागि अजय कुमार चौधरी, पुष्पराज पौडेल, बुद्धि प्रसाद पौडेल, विशुन दयाल प्रसाद पटेल र हरिशरण अर्यालसहितका उम्मेदवारहरू छनोट सूचीमा रहेका छन् ।
काठमाडौँ। नेपाल आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारको अन्तर्वार्ता मिति भइसकेपछि फेरि थप एक जनाको नाम अन्तर्वार्तामा समावेश गरिएको पाइएपछि नियुक्ति प्रक्रिया विवादमा परेकाे छ।
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि उम्मेदवार सिफारिस गर्न गठित समितिको शुक्रबार (साउन ८)को निर्णयअनुसार रमेश पौडेललाई अन्तर्वार्ता प्रक्रियामा समावेश गर्ने गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सूचना प्रकाशित गरेको हो।

अन्तर्वार्ता मिति तय भइसकेपछि पुनः नयाँ व्यक्तिको नाम थप गरेर सूचना जारी गर्नुले छनोट प्रक्रियाको पारदर्शिता, निष्पक्षता र प्रक्रियागत परिपक्वतामाथि प्रश्न उठेको छ ।
परिषद्को रजिष्ट्रार पदका लागि अजय कुमार चौधरी, पुष्पराज पौडेल, बुद्धि प्रसाद पौडेल, विशुन दयाल प्रसाद पटेल र हरिशरण अर्यालसहितका उम्मेदवारहरू छनोट सूचीमा रहेका छन्। परिषद्को अन्तर्वार्ता साउन ११ गतेका लागि तोकिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण