रक्सी भट्टीबाट प्रधानाध्यापकसहित ६ जना अख्तियारको फन्दामा
वीरगञ्ज – शिक्षकको परिक्षामा पास गराइ दिने भन्दै एक जनासँग घुस लिदै गरेको अवस्थामा वीरगन्जको एक रक्सी भट्टीबाट प्रधानाध्यापकसहित ६ जनालाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
अख्तियारको हेटौडास्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका ३१ बेल्वाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सचिन्द्र कुमार कापरसहित ६ जनालाई शुक्रबार साँझ ७ बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा प्रधानाध्यापक कापरसँगै सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो, व्यवस्थापन समितिका सदस्यहरु जमिल मिया , इजलाश मिया र व्यवस्थापन समितिकी सदस्य सबिना खातुनका श्रीमान् नजमुदिन देवान रहेका छन् ।
उनीहरु सबै जना वीरगञ्ज ८ स्थित शीवा हस्पिटल गल्लीमा रहेको रक्सी भट्टीबाट पक्राउ परेका हुन् । गणित विषयको शिक्षक नियुक्तिका लागि विद्यालय प्रशासनले विज्ञापन निकालेको थियो ।
त्यसका लागि शनिबार परीक्षा तोकिएको थियो । उक्त परिक्षामा पास गराइ दिने भन्दै एक जनासँग चिया पसलमा बसेर एक लाख रुपैया लिँदै गरेको अवस्थामा अख्तियारले उनिहरुलाइ घुस रकम सहित पक्रेको हो । उनीहरुलाई अनुसन्धान र कार्वाहीका लागि हेटौडा लगिएको अख्तियारको हेटौडास्थित कार्यालयका अधिकृतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण