नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित
काठमाडौँ - नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित भएका छन् । शनिबार ललितपुरको सातदोबाटोमा भएको निर्वाचनमा जीवनरामले र उमेशलाल श्रेष्ठलाई ७ मतको अन्तरले पराजित गरेका हुन् । जीवनरामले १७ मत ल्याए भने उमेशलालले १० मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा ज्योति राणा, चतुरानन्द राजवैद्य, तेजबहादुर गुरुङ, सुनीलकुमार श्रेष्ठ र अशोकरत्न बज्राचार्य निर्वाचित भएका छन्। उनीहरुले क्रमशः २६, २२, २०, १८ र १५ मत प्राप्त गरे। यस्तै समिम मियाँ अन्सारीले १२, पुष्पदास श्रेष्ठ र राजीव श्रेष्ठले ११–११ मत ल्याए।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी संवैधानिक मर्मविपरीत उपाध्यक्षको प्रत्याशी बनेका थिए। ५ उपाध्यक्ष पदको लागि ८ जनाले उम्मेदवारी दिएका थिए।
महासचिवमा जीवनराम प्यानलबाट उठेका ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ विजयी भएका छन्। उनले १५ मत प्राप्त गरे। उनका प्रतिद्वान्द्वी नेपाल कराँते महासंघका पूर्व अध्यक्ष पुरेन्द्रविक्रम लाखेले १२ मत प्राप्त गरे। निलेन्द्र वर्तमान कमिटीका सदस्य र पुरेन्द्र उपाध्यक्ष हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण