अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
मङ्गलबार, ०५ साउन २०८३, १२ : ५६
सारांश
- अभिनेत्री गौमाया गुरुङ बेलायतमा प्रेमी दिवसका दिन विवाह बन्धनमा बाँधिएकी छन् ।
- गुरुङ संस्कार अनुसार भएको विवाह समारोहमा दुई पक्षका सीमित पारिवारिक सदस्यहरूको उपस्थिति थियो ।
- उनले 'ब्ल्याक नार्सिसस'बाट अभिनय यात्रा सुरु गरेकी थिइन् र 'कबड्डी ४' बाट दर्शकमाझ चिनिएकी हुन् ।
काठमाडौँ । अभिनेत्री गौमाया गुरुङ विवाह बन्धनमा बाँधिएकी छन् । उनले बेलायतमा प्रेमी दिवससँग विवाह गरेकी हुन् । जसको जानकारी उनले सामाजिक सञ्जालबाट दिएकी छन् ।गुरुङ संस्कार अनुसार भएको विवाह समारोहमा दुई पक्षका सीमित पारिवारिक सदस्यहरूको उपस्थिति रहेको थियो ।
उनले भनेकी छन्, ‘परिवार र आफ्ना प्रियजनहरूको उपस्थितिमा मैले मेरो जीवनसाथी दिवससँग विवाह गरेँ ।’ उनको उक्त पोस्टमा थुप्रै कलाकारले बधाई दिएका छन् ।
गौमायाले बहुचर्चित ब्रिटिश-अमेरिकी टेलिभिजन मिनिसिरिज ‘ब्ल्याक नार्सिसस’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । ‘कबड्डी ४’बाट दर्शकमा चिनिएकी उनले ‘१९१५ : लेजेन्ड अफ द गोर्खाज’, ‘फूलबारी’, ‘महाजात्रा’, ‘पूजा सर’, ‘सेप अफ मोमो’, ‘रमिताको पिरती’ जस्ता फिल्ममा अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण