सरकारले व्यवस्थाप्रति नै वितृष्णा फैलायोे : नेता पौडेल
काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट नेतृत्वको सरकारले व्यवस्थाप्रति नै वितृष्णा फैलाउन लागेको आरोप लगाएका छन् । बिपी जयन्तीको असरमा कीर्तिपूरमा आयोजितक एक कार्यक्रमा नेता पौडेलले दुई तिहाईको सरकारले केही काम गर्न नगर्दा आम नागरिकमा राजनीतिप्रति वितृष्णा बढ्दै गएको भन्दै व्यवस्थामाथि नै खतरा उत्पन्न हुने अवस्था आएको बताए ।
उनले भने, ‘सरकारले समाजवादको मुल मर्म नै बुझेन । कृषिलाई केन्द्रमा राखेर नीति बनाउन आवश्यक थियो । त्यो गर्नै सकेन । भ्रष्टचारबाट आजित जनतालाई राहत दिन सकेन् । सरकारका कारण राजनीतिप्रति जनतामा वितृष्ण फैलिन सुरु भएको छ । यसो हुँदा व्यवस्थाप्रति नै वितृष्ण बढ्दै गएर व्यवस्था नै खतरामा पर्छ ।’
नेता पौडेलले सरकार अहिले जानी जानी व्यवस्थाप्रति वितृष्णा फैलाउन लागेको हो कि भन्ने शंका उत्पन्न हुन थालेकोबताए । फरक प्रसंगमा नेता पौडेलले पार्टीको जागरण अभियानमा काम भन्दा बढी प्रचारमुखी भएको टिप्पणी गरे ।
उनले भने, ‘जागरण अभियान संगठनात्मक हुन नसक्नु दुर्भाग्यपूर्ण हो । तर जागरण अभियानले संगठनलाईं केन्द्रमा राख्न सकेको छैन् । पार्टी संगठनलाई मुल मर्ममा राखेर निर्वाचित जनतप्रतिनीधिले काम गर्न जरुरी छ ।’
वरिष्ठ नेता पौडेलले रवि लामिछानेका पक्षमा चितवनमा भएको प्रर्दशन अहिलेको सरकारसँगको असन्तुष्टि भएको बताउदै जनताले आधार खोजेका बताए ।
उनले उक्त विषयमा काँग्रेस गम्भीर भएर सोच विचार गरि अघि बढ्न जरुरीरहेको तर्क गरे । साथै नेता पौडेलले विकासको आधार भनेको जनता केन्द्रीत हुनपर्नेमा जोड दिए । ‘विकासको आधार जनता केन्द्रीत हुनुपर्छ । अहिल कम्युनिस्ट सरकारले नयाँ वर्ग जन्माउन खोज्दै छ । निमुखालाई न्याय र विपन्नलाई आय नै अहिलेको मुल नारा हुन जरुरी छ,’ उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण