महोत्तरीमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला
शनिबार, २८ भदौ २०७६, १६ : १५
१
जनकपुर । महोत्तरीमा एक युवकको शव फेला परेको छ ।
शनिबार महोत्तरीको एकडारा गाँउपालिका –२ बस्ने १७ वर्षीय विकेश बैठाको घाँटी थिची निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा शब फेला परेको प्रहरीले जनाएको हो ।
मृत विकेशको टाउकोमा समेत धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने अनुमान लगाएको छ । महोत्तरीका प्रहरी उपरीक्षक शयामकृष्ण अधिकारीले सो घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
विकेशको शवको पोस्टमार्टम गर्न जलेश्वरस्थित जिल्ला अस्पतालमा पठाइएको बताए ।
यता परिवारजनका अनुसार छोरा विकेश राती ८ बजेदेखि बेपत्ता भएको जनाएको छ । छोरा विकेशको खोजी गर्ने क्रममा विहान ८ बजेको समयमा घर नजिकैको एउटा खेतमा मृत फेला परेको उनको बुबा राजकिशोर बैठाले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण