रियलको म्याड्रिडको प्रतिस्पर्धात्मक जित
एजेन्सी- इडेन हाजार्डको डेब्यु खेलमा रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा प्रतिस्पर्धात्मक जित निकालेको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा रियलले लिभान्तेलाई ३–२ गोलले पराजित गर्यो । अघिल्ला खेलमा चोटका कारण हाजार्ड टोली बाहिर थिए । उनी यसै सिजन इङ्लिस क्लब चेल्सीबाट रियलमा आवद्ध भएका हुन् ।
तीनवटै गोल पहिलो हाफमा गरेको रियलको जितमा करिम बेन्जेमाले दुई गोल गरे । बेन्जेमाले २५ औं मिनेटमा खाता खोलेका थिए । बेन्जेमाले ६१औं मिनेटमा अर्को गोल थप्लै टोलीको अग्रता दोब्बर बनाए । कासेमिरोले ४०औं मिनेटमा तेस्रो गोल गरेका थिए । पहिलो हाफमा ३–० गोलले अगाडी बढेको रियलले दोस्रो हाफमा गोल गर्न सकेन ।
त्यसपछि ४९औं मिनेटमा लिभान्तेका बोर्जा मायोरलले गोलगर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ७५ औं मिनेटमा गोन्जालो मेलेरोले दोस्रो गोल गरेपनि लिभान्तेले हार टार्न सकेन । जितसँगै रियलले चार खेलबाट आठ अंक बनाएको छ । लिभान्तेको समान खेलबाट ६ अंक छ । शनिबारनै भएको अर्को खेलमा एथलेटिक बिल्बाओ र मालोर्काले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै बिल्बाओले चार खेलबाट आठ अंक बनाएको छ । मालोर्काको चार अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण