पोखरामा दुई जनाको मृत्यु
शनिबार, २८ भदौ २०७६, २१ : १५
कास्की- पोखरा महानगरपालिका–१ स्थित पर्यटकीयस्थल केआईसिं पुल नजिकैको उद्यानमा अचानक लड्दा एक भारतीय पर्यटकको मृत्यु भएको छ ।
पोखरा घुम्नका लागि आएका भारत महाराष्ट्र मुम्बई घर भएका ७२ वर्षीय प्रभुदास कन्जी महेरको निधन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार उद्यानमा अचानक लडेर बेहोस भएका उनलाई आफन्तको सहायताले उपचारका लागि फिस्टेल अस्पताल पु¥याइएकामा चिकित्सकले जाँच गर्ने क्रममा मृत घोषण गरेका हुन् ।
त्यसैगरी पोखरा महानगरपालिका साहारा टोलस्थित सुनिल परियारको घरमा बस्दै आएका एक मजदूरको मृत्यु भएको छ । म्याग्दी जिल्लाको दरवाङ घर बताउने ५५ वर्षीय काइला मगर नाम बताउने उनी आज बिहान सुत्ने कोठामा मृतास्थामा फेला परेको प्रहरीले जनाएको छ ।
दुवै घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण