सन्नीले खेल्लिन् त ‘पासवर्ड’ निर्माताको अर्काे फिल्म ?
काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोनीको आइटम रहेको फिल्म ‘पासवर्ड’ अहिले प्रदर्शन भइरहेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएका फिल्मको बिहीबार प्रिमियर भएको थियो ।
कुमारी चलचित्र भवनमा साँझमा आयोजित प्रिमियरमा सन्नी पनि उपस्थित थिइन् । कार्यक्रममा सन्नीले नेपाल विश्वमै मनपर्ने देशदेखि नेपाली फिल्मको हिस्सा बन्न पाउँदा खुसी लागेको समेत बताइन् ।
सोही अवसरमा निर्माता अभिनेता विक्रम जोशी (विक्की)ले अभिनेत्री सन्नीलाई लिड रोलमा लिएर अर्काे फिल्म बनाउने घोषणा गरे । नेपाली हिन्दीसहित केही भाषामा निर्माण हुने बताइएको फिल्मको नाम भने खुलाइएन ।
निर्माता जोशीले फिल्मको घोषणा गर्दा सन्नी पनि कार्यक्रम स्थलमै थिइन् । तर जोशीको घोषणामा उनले कुनै प्रतिक्रिया दिइनन् । सन्नीले यो विषयमा केही नबोलेकोले पनि जोशीले घोषणा गरेको फिल्म उनको अभिनय रहन्छ, रहँदैन अझै अन्यौल नै छ ।
सोही आधारमा नेपाली मिडियामा जोशीको फिल्ममा सन्नी मुख्य नायिका भन्ने समाचारहरु आए । सन्नीले नेपाली फिल्मको प्रिमियरमा सहभागी भएको बलिउडका केही मिडियाले पनि समाचार बनाएका थिए । तर घोषणा भएको नयाँ फिल्मको बारेमा भने केही उल्लेख छैन । त्यसैले घोषणा भएको फिल्म सन्नीले अभिनय गर्छिन् भनेर भनिहाल्ने अवस्था छैन ।
उनको आइटम गीत समेटिएको ‘पासवर्ड’को कुरा गर्ने हो भने फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरा लगायतको अभिनय फिल्म छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण