जहाज कुराउँछन् नेता
काठमाडौँ । मनाङको हुम्देसम्म नियमति उडान थाल्ने भन्दै गत शुक्रबार गण्डकी प्रदेश सरकारले समिट एयरको जहाज चार्टर गर्यो ।
पोखराबाट हुम्देका लागि उडेको उक्त जहाजमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्साल, मनाङका संघीय सांसद पोल्देन छोपाङ गुरुङ लगायत १५ जना सवार थियो ।
पोखरा विमानस्थलबाट बिहान ८ बजेर ३४ मिनेटमा उडेको जहाज हुम्दे अवतरण गर्दा ८ बजेर ५८ मिनेट भएको थियो ।
पोखरादेखि ४९ नटिकल माइल (९०.७४ किमी) टाढाको हुम्दे सामान्य अबस्थामा १६ देखि १८ मिनेटमा पुगिने भए पनि त्यो दिन खराब मौसमका कारण २४ मिनेट लागेको थियो ।
१८ सिट क्षमताको ९ एन–एएमजी कलसाइनको जहाज उडाएका क्याप्टेनद्वय एडी शेर्पा र टी लामाले हुम्दे अवतरणपछि सुरुमै नेताहरुलाई सुझाएका थिए, ‘मौसम खराब छ, २० मिनेटभन्दा बढी ढिला नगरिदिनुहोला । मौसम बिग्रियो भने समस्या आउन सक्छ ।’
क्याप्टेनद्वयले चिसोको कारण जहाजमा समस्या आउनसक्छ भनेर एउटा इन्जिन बन्द गरेर अर्को इन्जिन चालू अवस्थामै राखे । तर, औपचारिक कार्यक्रममा मस्त भएका नेताहरुले एक घण्टा २० मिनेट बितिसकेको पत्तै पाएनन् ।
‘हामीले बारम्बार ढिला भयो, छिटो गरिदिनुपर्यो भनेर आग्रह गर्दा पनि उहाँहरुले मान्नुभएन, हुन्छ भन्ने जवाफ मात्र दिनुभयो,’ जहाजमै गएका एकजना अधिकारीले भने, ‘मौसम बिग्रिँदा पाइलटद्वय र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी तनावमा हुँदा पनि नेताहरुले पूरै वेवास्ता गरे ।’
जसोतसो कार्यक्रम सकिएर जहाज उड्दा १ घण्टा २० मिनेट पुगिसेको ती पदाधिकारीले बताए । उनका अनुसरा पोखरा फकिँदा जहाजलाई झनै बढी समय लाग्यो ।
१० बजेर २० मिनेटमा हुम्देबाट उडेको जहाज २६ मिनेट लगाएर १० बजेर ४६ मिनेटमा बल्ल पोखरा अबतरण गरेको थियो । ‘फकिँदा त २६ मिनेट पो लाग्यो । खराब मौसमका कारण मन आत्तिएको थियो’ ती अधिकारीले भने, ‘अझै केहीबेर ढिला गरेको भए त्यो दिनको बास मनाङमै हुन्थ्यो ।’
त्यतिमात्र होइन, त्यो दिन नेताहरुले मनाङमा बढी समय विताउँदा समिट एयरको पोखरा जोमसोम उडान नै रद्द हुन पुगेको थियो । त्यसले गर्दा एयरलाइन्सका कर्मचारीले यात्रुबाट खप्कीसमेत खानु परेको थियो ।
आजको नागरिक दैनिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण