चाहिनेभन्दा बढी प्रशंक हुनु पनि टाउको दुखाइः तापसी पन्नू
फिल्मकर्मी अनुराग कश्यपको आधुनिक जीवनशैलीमा आधारित फिल्म ‘मनमर्जिया’ शनिवार रिलीज भएको छ । फिल्ममा मुख्य भूमिकामा विक्की कौशल, तापसी पन्नू र अभिषेक बच्चन रहेका छन् । जसमा तापसीले रुमीको भूमिका निभाएकी छिन् ।
तापसी पान्नूले फिल्मको प्रमोशनकै सिलसिलामा आफूलाई प्रशसंकको कारण तनाव भएको बताएकी छिन् । फिल्म शुटिङको क्रममा दिल्लीमा रहेकी तापसीले प्रशसंकको भीडको कारण किनमेल गर्न समेत नसकेको बताएकी छिन् ।
उनले भनिन्, ‘म दिल्लीमा जन्मिएकी हुँ र यही हुर्किएकी हुँ । दिल्ली मेरो सपिङको लागि अड्डा नै हो । तर अब दिल्लीको सडकमा हिँडेर शपिङ गर्नु मुश्किल भएको छ । मलाई मात्र होइन जोसँग म जान्छु उसलाई पनि निकै तनाव हुनेगर्छ ।’
उनले धेरै प्रशसंकले मन पराउँछन् भन्नेमा खुशी त लाग्छ । तर कहिले काँही परिस्थिती यति मुश्किल भइदिन्छ कि उनलाई पर्याप्त ठाउँ पनि हुँदैन । त्यसैले उनले प्रशंसकलाई हुँदैनको मतलब हुँदैन भन्ने स्वीकार्न समेत आग्रह गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण