स्कुटर जाँच गर्दा भेटियो स्रोत नखुलेको १३ लाख रुपैयाँ, त्रिपुरेश्वरबाट एकजना पक्राउ
काठमाडौँ । काठमाडौको त्रिपुरेश्वर चोकबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका–५ का २२ वर्षीय उमेश कुमार मगर रहेका छन् ।
उनलाई १३ लाख ९ हजार ७ सय ५ रुपैयाँ नगद र विभिन्न बैङ्क तथा वित्तिय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेकसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उमेश सवार प्रदेश नम्बर ३–०२–००५ प ६१५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त नगद र चेक फेला पारी स्कुटर सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यता, प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर दुवाकोट बस्ने दोलखा मेलुङ गाउँपालिका–२ का २६ वर्षीय गोपाल थापा मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित गोपालको भट्टी पसल राति अबेरसम्म संचालन गरेको फेला पारी महानगरीय प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले पसल बन्द गराउन खोज्दा उक्त नगद दिइ प्रलोभनमा पार्न खोजेकोले उनलाई प्रहरीले पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी, ठेकेदारले थप आर्थिक दाबी गर्न नपाउने
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण