सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हालाई भारतमा सम्मान
काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा मेनन इन्स्टियूट अफ लिगल एड्भोकेसी ट्रेनिङ सेन्टर तथा सोसाईटी अफ इन्डियन ल फर्मबाट प्रदान गरिने प्रोफ्रेसर (जस्टिस) ए. भी. रोहद्गी जुरिष्ट अर्वाड २०१९ वाट सम्मानीत भएका छन् ।
शनिवार भारतको केराला राज्यमा भएको कार्यक्रममा नेपालका न्यायाधीश सिन्हा रोहद्गी जुरिष्ट अर्वाडबाट सम्मानित भएका हुन् । उनलाई भारतको पूर्व न्यायाधीश हाल केराला राज्यका साईरिक जोसेफले सम्मान गरेका थिए ।
मेनन इन्स्टियूट अफ लिगल एड्भोकेसी ट्रेनिङ सेन्टर तथा सोसाईटी अफ इन्डियन लबाट प्रत्येक बर्ष दक्षिण एशियाका विभिन्न मूलुकहरुमा कार्यरत न्यायाधीशहरुलाई विशेषज्ञताका आधारमा सम्मान गर्दै आएको छ ।
दक्षिण एशियाको कानुनी क्षेत्रमा यो पुरस्कार न इन्स्टिच्युट निकै लोकप्रिय छन । यो पुरस्कार भारतको कानुनी क्षेत्रका मुर्धन्य व्यक्तित्व प्रोफेसर एन आर माधव मेननको नामबाट स्थापना भएको हो ।
मेनन भारतको बैंङ्लोरमा स्थापना भएको नेशनल ल स्कुल अफ इन्डिया युनिभर्सिटी तथा नेशनल जुडिसियल एकेडेमी भोपालको फाउण्डर डाईरेक्टर तथा संस्थापक उपकुलपति थिए ।
प्रोफ्रेसर (जस्टिस) ए. भी. रोहद्गी जुरिष्ट अर्वाड उहाँकै नामबाट स्थापना गरिएको हो । नेपालका न्यायाधीश सिन्हासँगै भुटानका प्रधानन्यायाधीश छिरिङ् वाङ्चुकलाई सिल्फ( मिलाट साउथ एसियन एडुकेशन एक्सेल्नस अर्वाड प्रदान गरिएको थियो ।
यो संस्थाका नामबाट विभिन्न ६ वटा विधामा कानुन क्षेत्र उल्लेख्य योगदान पुर्याउने दक्षिण एसियाका विभिन्न व्यक्तित्वहरुलाई प्रदान गरिने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकार आएयता ४९५ बिचौलिया र लुटपाट गर्ने १३ हजारभन्दा बढी समातिए
-
प्रचण्डको व्यङ्ग्य, ‘चुनावमा जमानत जफत भएका युवालाई अहिल्यै नेतृत्व चाहियो’
-
सहकारीका १७ सयभन्दा बढी बचतकर्ताले पाए बचत फिर्ता
-
गण्डकी प्रदेशका ५ अग्रज पत्रकार पोखरामा सम्मानित
-
कागजी प्रमाणकै भरमा मात्र धेरैले कैद जीवन बिताइरहेका छन्: मुख्यमन्त्री यादव
-
१०० दिनमा हेलो सरकारमा आउने उजुरी ६०० प्रतिशतले बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण