कागबेनीमा सोह्र श्राद्ध गर्न नदिने समूहलाई तत्काल नियन्त्रण गर्न माग
काठमाडौं– विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समिति र विश्वहिन्दु महासंघ, काठमाडौं उपत्यका समितिले मुस्ताङको मुक्तिनाथ मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न नदिने समूहलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।
दुवै समितिले सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी मुलुकको धार्मिक सदभावमाथि समेत खलल पु¥याउने गरी सो कार्यमा केही समूह लागेको उल्लेख गर्दै उनीहरुलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गरेको हो ।
पितृहरुलाई पिण्डदान गर्न नदिएको सो घटना सैह्य नहुने भएकाले त्यस्ता समूहलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गर्नु परेको विश्व हिन्दु युवा संघ, अन्तर्राष्ट्रिय समितिका महासचिव रोशनजंग बस्नेतले जानकारी दिए । उनले मुक्तिनाथ मन्दिरको भेटीघाटी तथा अन्य सम्पत्तिको पनि उचित व्यवस्थापन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
विश्वहिन्दु युवा संघ, अन्तराष्ट्रिय समिति र विश्व हिन्दु महासंघ, काठमाडौं उपत्यका समितिले मुक्तिनाथ मन्दिरका पूजारीलाई तलवको व्यवस्था गरिदिन पनि सरकारसँग माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन