हारबाट जोगियो बार्सिलोना
एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमन्डका कप्तान मार्को रिउसले ५७औं मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि स्पेनिस महारथि बार्सिलोना च्याम्पियन्स लिगको पहिलो खेलमा हारबाट जोगिएको छ ।
घरेलु मैदानमा मंगलबार राति खेलभर गोल गर्ने राम्रो अवसर बनाएपनि डर्टमन्डको प्रयास सफल हुन सकेन । डर्टमन्डको प्रयासमा बार्सिलोनाका गोलरक्षक टेर स्टेगन बाधक बनेका थिए । डर्टमन्डको पेनाल्टीलाई पनि स्टेटनले डाइभ गर्दै विफल पारेका थिए ।
घरेलु समर्थकमाझ निकै राम्रो प्रदर्शन गरेको डर्टमन्टले अन्तमा बराबरीमा चित्त बुझायो । कप्तान लियोनल मेस्सीलाई दोस्रो हाफमा उतारेको बार्सिलोनाले यस खेलमा १६ बर्षीय अन्सु फातीलाई पहिलो रोजाईमा मौका दिएको थियो । फातीले च्याम्पियन्स लिग खेल्ने बार्सिलोनाका सबैभन्दा कान्छा खेलाडीको किर्तिमान पनि रचे । फातीलाई दोस्रो हाफमा मेस्सीले परिवर्तन गरेका थिए । चोटाका कारण लामो समयपछि मैदान छिरेका मेस्सीले खासै प्रभाव देखाउन सकेनन् ।
बराबरीसँगै समूह ‘एफ’ मा रहेको बार्सिलोना र डर्टमन्डले एक–एक अंक बनाएका छन् । यही समूहको अर्को खेलमा इन्टर मिलान र स्लाभिया प्रागले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा पाहुना टोली स्लाभियाले ६३औं मिनेटमा सुरुवाती गोल गरेको थियो स्लाभियाका लागि पिटर ओलायिन्काले गोल गरे । त्यसपछि इन्जुरी समयमा इन्टरका निकोलो बरेल्लाले रिवाउन्ड बलमा बराबरी गोल फर्काएका थिए । बराबरीसँगै इन्टर र स्लाभियाले पनि एक एक अंक बनाएका छन् ।
यसैगरी समूह ‘जी’ को अर्को खेलमा पाहुना टोली लेइपजिजले बेन्फिकालाई उसैको मैदानमा २–१ गोलले हरायो । यही समूहको अर्को खेलमा लियोन र सेन्ट पिटर्सबर्गले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण