डेंगु रोग नियन्त्रणका लागि पर्यटन बोर्डले अभियान सञ्चालन गर्ने
काठमाडौं– नेपाल पर्यटन बोर्डले डेंगु रोगको संक्रमण हुन नदिनका लागि पर्यटकीय स्थलहरुमा विशेष अभियान नै सञ्चालन गर्ने भएको छ । डेंगु रोगको संक्रमणबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा पनि नराकारात्मक प्रभाव पर्ने देखिएपछि बोर्डले पर्यटकहरुको खाने, बस्ने, भ्रमण गर्ने पर्यटकीय स्थलहरुमा यसको संक्रमण हुन नदिन विशेष अभियाननै संचालन गर्ने योजना तय गरेको हो ।
सोही अभियानको तयारीका लागि बोर्डले बुधबार काठमाडौंमा सम्बन्धित क्षेत्रका चिकित्सकहरुसँग पनि छलफल गरेको छ । पर्यटकीय स्थलहरुमा डेंगु रोगको संक्रमण हुन दिन चिकित्सकहरुसँग आवश्यक छलफल गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।
बोर्डले चिकित्सकहरुले दिएको सुझावलाई समेटेर सो रोगको संक्रमण हुन नदिन पर्यटन व्यवसायीहरुलाई पनि सचेत गराउनेछ । बोर्डले पर्यटन व्यवसायीहरुसँग मिलेर सो रोगको संक्रमण पर्यटकीय स्थलहरुमा नभएको सन्देश दिने योजना पनि तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण