दाङको जंगलमा महिलाको शव फेला
शुक्रबार, ०३ असोज २०७६, १५ : ४२
बुटवल–शुक्रबार दाङको एक जंगलमा च्याउ टिप्न गएका बालबालिकाहरुले एउटी बेबरिसे महिलाको शव फेला पारेका छन् ।
अन्दाजी ३५ वर्षीया महिलाको शव लमही ७ उचानिम्भु सामुदायिक वनमा च्याउ टिप्न गएका बालबालिकाले देखेर प्रहरीलाई खबर गरेका हुन् ।
उक्त शव सडेगलेको अवस्थामा रहेकोले अमेलिया इलाका प्रहरी कार्यालयले थप अनुसन्धानका लागि सदरमुकाम पठाएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक अर्बभन्दा बढी बजेटका परियोजनाको अब नियमित अनुगमन हुने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
-
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक