खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो ।
अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम गरिएको छ । मूल्य घटेपछि ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही घटेको छ ।
सेप्टेम्बर १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य घटेर आएको थियो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य समायोजन भएसँगै नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन टेवा पुग्ने निगमले विश्वास लिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको समयमा जनतालाई राहत दिन ग्यासको मूल्य घटाइने बताउनुभएको थियो । डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ । निगमले भारतबाट पाइपलाइनबाट इन्धन भित्र्याउन शुरु गरेकै दिन डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटहरियाको नगरसभाबाट ५४ करोड बजेट पारित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
नवप्रवर्तनको घोषणा नारामै सीमित : उद्योग मन्त्रालयको बजेट मन्त्रीको क्षेत्रमा खन्याइयो
-
एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै
-
दक्षिण अफ्रिकी क्रिकेट : रङ्गको आधारमा कोटा र बबुमाले तोडेको भ्रम
-
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज