जनताको समस्या समाधान गर्न सांसद यादवले शुरु गरे ‘जनता दर्शन’ कार्यक्रम
काठमाडौं–समाजवादी पार्टी पर्सा जिल्लाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले ‘जनता दर्शन’ कार्यक्रम शुरु गरेका छन् ।
संसदको चौथो अधिवेशन सम्पन्न भएपछिको खाली समयलाई सदुपयोग गर्दै सांसद यादवले आफ्नो निर्वाचन क्षेत्रमा ‘जनता दर्शन’ कार्यक्रम शुरु गरेका हुन् । संसदको अर्को अधिवेशन शुरु नहुँदासम्म त्यो कार्यक्रमलाई निरन्तरता दिने सांसद यादवले बताए ।
अरु बेला पनि आफू जनताको सम्पर्कमै रहने गरेको तर यो खाली समयलाई विशेष रुपमा सदुपयोग गर्नका लागि आफूले ‘अपनेके सांसद, अपनेकेद्धार’ नाराका साथ जनता दर्शन कार्यक्रम शनिवारदेखि शुरु गरेको बताए । उनले आफ्नो क्षेत्रका हरेक जनताको घरमा पुगेरसमस्या बुझ्ने र त्यो समस्या तत्कालै समाधान गर्ने आफ्नो योजना रहेको बताए ।
पर्साको संसदीय क्षेत्र नम्बर १ को लालपर्साबाट सुरु भएको सो कार्यक्रमको उद्घाटन दलित वस्तीबाट भएको हो ।
प्रदेशसभाका सांसद जन्नत अंसारीसँगै लालपर्सा पुगेका सांसद यादवसमक्ष त्यहाँका स्थानीयले विद्यालयमा शिक्षकको कमी र भौतिक संरचनाको आवश्यकता, सडकको मर्मत, गाउँको बिजुली पोलहरुमा बत्ती नभएको लगायतका समस्या राखेका थिए ।
आफू जनप्रतिनिधि भएका हुनाले जनताका हरेक समस्याको समाधान गर्ने आफ्नो चाहना रहेको उनले बताए । उनले भने, ‘जनता दर्शन कार्यक्रमा आएका समस्या कहाँबाट समाधान हुन्छ त्यहाँ सम्बन्धित व्यक्ति लिएर आफै पुग्छु, चाहे केन्द्र होस्, प्रदेश होस् या स्थानीय तह किन नहोस् सबै ठाउँमा आफै पुगेर त्यसको समाधानका लागि प्रयास गर्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण