स्टक क्लियरेन्स मेला सकियो, ९२ हजारले गरे अवलोकन
काठमाडौं– दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा आयोजना गरिएको स्टक क्लियरेन्स मेला सकिएको छ ।
गत बुधबारदेखि सुरु भएको मेलाको ५ दिनमा ९२ हजारले अवलोकन गरेका छन् । चाड पर्वका लागि सस्तोमा सामान किन्न आउनेहरुको चापले आयोजक तथा व्यवसायीहरु उत्साहित बनेका छन् ।
इभेन्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालन भएको मेलाले एकै छानामुनी सेवाग्राहीलाई सस्तो मूल्यमा गुणस्तरीय सामान किन्ने अवसर प्रदान गरेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताए । आगामी दिनहरुमा पनि यस किसिमका मेलाहरुलाई चेम्रले प्रवर्धन गर्दै लैजाने उनको भनाइ छ ।
असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा तथा शनिबार २ दिन विदा परेका कारण अवलोकनकर्ताको बाक्लो उपस्थिती भएको इभेन्ट सोलुसन प्रलिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।
इभेन्ट सोलुसनले पछिल्लो ३ वर्षदेखि नियमित रुपमा स्टक क्लियरेन्स मेला आयोजना गर्दै आईरहेको छ । चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो ।
‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ सञ्चालन गरिएको मेलाबाट उपभोक्ता र व्यवसायी दुवै लाभान्वित भएको इभेन्ट सोलुसनका बजार निर्देशक नविन भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण