‘ड्रिम गर्ल’ को सफलतापछि आयुष्मानले गरे यस्तो घोषणा
बलिउड अभिनेता आयुष्मान खुरानाले ‘ड्रिम गर्ल’ को सफलतापछि ‘प्रोफिट शेयर क्लब’ मा सहभागी भएका छन् । भारतीय पत्रिका दैनिक भास्करसँगको कुराकानीमा उनले प्राफिट क्लबमा संलग्न भएको स्वीकार गरेका छन् ।
अब उनी पारिश्रमिकभन्दा नाफाको हिस्सेदार हुनेछन् । कारोबारको यो प्रणालीमा प्रोड्युसरलाई बढी फाइदा पुग्छ । भने अभिनेत्री तथा अभिनेतालाई महङ्गो पारिश्रमिक दिने झन्झट हुँदैन । यो प्रणालीमा फिल्म बनाउँदा बजेटको ठूलो हिस्सा फिल्म बनाउँदा नै खर्च गरिन्छ र राम्रो फिल्म बन्छ । त्यसपछि नाफा जति सबैलाई बराबर बाँड्ने गरिन्छ ।
आयुष्मान भन्छन्, ‘मैले यसको सुरुवात गरिसकेको छु । यदि पहिले लिने पारिश्रमिक कम गरियो भने नाफा बाँडेर लिन सकिन्छ । पारिश्रमिक लिने कि फिल्म चलेपछि नाफा लिने भन्ने कुरा अभिनेता तथा अभिनेत्रीमा भर पर्छ । यसका साथै, फिल्म उत्पादन पक्षसँगको सम्बन्धले पनि यसमा महत्वपूर्ण भूमिका खेल्छ । स्क्रिप्टले कस्तो माग गर्छ ? त्यसले पनि फरक पार्ने गर्छ ।’
प्रोफिट शेयर क्लबमा सलमान खान, शाहरुख खान, अक्षय कुमार, अजय देवगन र ऋतिक रोशन पहिलेदेखि नै सामेल छन् । अमिर खानले ८० प्रतिशत नाफा लिन्छन् भने सलमान खानले ५० प्रतिशत मात्रै नाफा लिँदै आएका छन् । साथै, डिजिटल अधिकार पनि उनीहरु नै लिने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण