१४ महिनाकी बच्चीलाई खुवाउन अभिभावकसँग दुध किन्ने पैसा छैन, त्यसैले खुवाउँछन् दैनिक १.५ लिटर कफी
एजेन्सी । इण्डोनेशियाको पश्चिमी सुलावेसी प्रान्तको तोरना लीमा गाउँको एक जना १४ महिनाको बच्ची हदीजाह दैनिक डेढ लिटर कफी खाएर हुर्किरहेकी छिन् ।
यो खबर बाहिरिएपछि कयैन आश्चर्यमा परे भने एउटा चिकित्सकको समूह उनको घरनै पुगे ।
खबर अनुसार बच्चीको अभिभावक आर्थिक रुपमा कमजोर भएका कारण छोरीलाई दुध किन्न पनि सक्दैनन् । त्यसैले तिनले आफ्नो बारीमा पाउने कफी दिइरहेका छन् ।
हदीजाहबारे समाचार बाहिरिएपछि पोलेवेसी हेल्थ एजेन्सीले बच्चीको गाँउ गएर तिनका आमाबुवासँग भेटघाट गरेको छ । भेटको क्रममा तिनले सानो बच्चीलाई कफी खुवाउन नहुने सल्लाह दिएका छन् ।
हदीजाहकी आमा अनीताले आफ्नो छोरीबारे बताउँदै भनिन्, ‘हामीसँग अर्को कुनै विकल्प छैन । हाम्रो आय यति कम छ कि हामी दुधजस्ता खाद्यान्न किन्न सकेनौँ । बुढाले जे जति कमाउँछन् त्यो घर चलाउनमै सकिन्छ । यस्तोमा कफी सस्तो छ र बच्चीलाई पनि यसको बानी पनि परेको छ । कफी नदिदाँ उनी रुन्छिन् र निराश पनि हुन्छिन् ।’
बच्चीका पिता सरीफुद्दीले पनि उही कुरा दोहोर्याए । ‘म जहाँ काम गर्छु त्यहाँबाट थोरै कमाई हुन्छ । त्यसले घरको आवश्यक चीजमात्र किन्न सकिन्छ । कहिलेकाहीँ काम नपाउँदा हामी बच्चीलाई कफी खुवाँउछौं । छोरीले यसलाई मन पनि पराउँछिन् ।’
यो घटना बाहिरिएपछि उनीहरुको घर पुगेका चिकित्सकले कफी बच्चाको लागि निक्कै हानिकारक भएको बताए । खास गरेर पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको लागि यो झनै घातक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण