आठ दशकका बिजुक्छेः पाँच दशक नेमकिपाको अध्यक्ष
भक्तपुर-नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट अध्यक्षमा पुनः नारायणमान बिजुक्छे चयन भएका छन । बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसमा २३ केन्द्रीय र २ जना बैकल्पिक केन्द्रीय सदस्य रहेका छन् । सोमबार सम्पन्न महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूको सर्वसम्मतिले बिजुक्छेलाई चयन गरेका हुन् । १९९६ मा भक्तपुरमा जन्मिएका बिजुक्छे ८० बर्षका भए । २०३१ सालमा स्थापना भएको पार्टीमा उनी लगातार अध्यक्ष चुनिदै आएका छन् ।
अन्य नयाँ निर्वाचित कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही रहेका छन् । त्यसैगरी सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्र बहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यमा निर्वाचित भएका छन् ।
कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह पनि सदस्यमा निर्वाचित भएका छन् । बैकल्पिक केन्द्रीय सदस्यमा कृष्णबहादुर तामाङ र मुक्ति यादव निर्वाचित भएका छन् ।
नेमकिपाको महाधिवेशन यहि असोज ३ गते शुक्रबारदेखी सुरु भएर आज सोमबार समापन भएको छ ।
नेमकिपाको पार्टी सम्मेलन र महाधिवेशनको इतिहास
स्थापना २०३१ माघ १० (२३ जनवरी, १९७५)
१) प्रथम सम्मेलन २०४७ पौष २८,२९ र ३० भैरहवा
२) दोश्रो सम्मेलन (जरुरी) २०५१ असोज ३ र ४ भक्तपुर
३) तेश्रो सम्मेलन २०५५ माघ १२,१४ र १५ भक्तपुर
४) चौथो महाधिवशेन २०६० भदौ ११,१२ र १३ भक्तपुर
५) पाँचौ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाडौं
६) छैटौं महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाडौं
७) सातौ महाधिवेशन २०७६ असोज ३,४ ५ भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण