तामाकोशी जलविद्युत्ः सरकारले लगानी जुटाउन नसक्दा निर्माण अन्योल
मङ्गलबार, ०७ असोज २०७६, ०८ : ००
तामाकोशी ५ जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन भएको दुई महिना बितेपनि सरकारले लगानी जुटाउन नसक्दा निर्माण अन्योल देखिएको छ ।
सरकारले तुलनात्मक रुपमा निकै सस्तो पर्ने यो ९९.८ मेगावाटको आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा राखे पनि लगानी जुटाउन नसक्दा कामले गति लिन सकेको छैन ।
नेपाल विद्युत् प्राधिकरणले यो आयोजना ४९ प्रतिशत सर्वसाधारणको सेयर सुनिश्चित गरेर निर्माण गर्ने बताउँदै आएको छ ।
प्राधिकरणले स्वदेशी वित्तीय संस्था र अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलियत ऋण रहने वित्तीय व्यवस्थापनमा निर्माण अघि बढाइने जनाएको छ । यो समाचार नागरिक दैनिकमा हिमाल सम्सालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण