प्रधानमन्त्रीको प्रश्न – जहाज किनेर के लडाउन ल्याएको हो ?
बुधबार, ०८ असोज २०७६, ०६ : ३८
विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एक पटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन्, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन् ।’
ती साथीले भनेछन्, ‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, जहाज थुप्रै छन् । उड्दैनन् र यहाँ धेरै देखिएका छन् । मैदानभरि छन् । वाइडबढी पनि छन् । तर, जमिनमा छन् । आकाशमा छैनन् ।’
प्रधानमन्त्री ओलीले निगम दिवसमा यो प्रसंग सुनाउँदा त्यही संस्थाका कर्मचारीले परर्र ताली बजाए । जुलाई १ मा त्यसो भनेको तीन मिहना बित्न लाग्यो, थन्किएका जहाँज उडेनन् । बरु उडिरहेका थप थन्किए । सन्दै अचम्म रु निगमसँग १४ जहाज छन्, उड्छन् ६ वटा । बाँकी सबै प्रधानमन्त्रीले भने जस्तै ‘जमिनमा छन् ।’ यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा अखण्ड भण्डारी र राजु बाँस्कोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण