दुर्घटना न्यूनीकरण गर्न सडकमा ‘डमी ट्राफिक’
झापा – झापाको काँकडभिट्टादेखि गौरीगञ्जसम्मको सडकखण्डमा ट्राफिक प्रहरीको नमूना आकृतिको बोर्ड बनाएर ‘डमी ट्राफिक’ का रुपमा राखिएको छ । सडकमा हुने सवारी दुर्घटना कम गराउने उद्देश्यले जिल्लाका १९ स्थानमा सन्देशसहित डमी ट्राफिकको बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी झापाका प्रमुख होमप्रसाद अधिकारीले बताए ।
उनले ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने र जनताले पनि ट्राफिकले दिनरात सेवा दिइरहेको अनुभूति गरेको पाइएको बताए ।
दुई हप्ताअघिबाट शुरु भएको सेवाले विशेष गरेर बोर्डले रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा प्रभावकारी भूमिका खेलेको प्रमुख अधिकारीको भनाइ छ । उनले भने, “रातमा टल्किने र छर्लङ्गै ट्राफिक जस्तै देखिने बोर्ड राखिएपछि कुनै पनि दुर्घटना भएका छैनन् ।”
सडकमा डमी ट्राफिकका रुपमा बोर्ड राखेपछि मादक पदार्थ सेवनकर्ता, तीव्र सवारी कुदाउने चालक, कागजपत्र नबोकी हिँड्ने सवारी धनीका चालक सतर्क हुने गरेको उनले बताए । सवारीको चाप बढी हुने ठाउँमा डमी राख्दा दुर्घटना न्यूनीकरण भएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण