प्रहरी हिरासतबाट फरार प्रतिवादी १६ दिनपछि पक्राउ
बुधबार, ०८ असोज २०७६, २३ : ३२
सर्लाही-सर्लाही प्रहरीको हिरासतबाट फरार भएका एक प्रतिवादीलाई १६ दिनपछि प्रहरीले आज भारतको पञ्जाब प्रान्तको जलन्धरबाट पक्राउ गरेको छ । लागुऔषध नाइट्राजेपाम–१० लेखिएको १४८ ट्याब्लेटसहित गत भदौ २० गते हरिवन नगरपालिका–११ बाट पक्राउ परेका सोही नगरपालिका–५ निवासी महिन्द्र महतो भदौ २२ गते जिल्ला अदालतबाट म्याद थप गराएर हरिवन लैजाने क्रममा प्रहरीको हिरासतबाट फरार भएको थियो ।
फरार भएका महतोलाई आज भारतको पञ्जाब प्रान्तको जलन्धरबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए । फरार प्रतिवादी महतोको परिवारिक सदस्यको सहयोगमा र भारतीय प्रहरीको समन्वयमा सादा पोशाकको प्रहरीलाई पञ्जाब पठाएर महतोलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण