म पनि द्वन्द्व पीडित हुँ, संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने बाहेक अर्को ध्येय छैन: प्रचण्ड
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने बाहेक आफ्नो कुनै राजनीतिक ध्येय नरहेको दावी गरेका छन् ।
तत्कालीन माओवादी विद्रोहका सुप्रिम कमाण्डर समेत रहेका अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने वातावरण बनाउन आफूले अमेरिका, भारत, चीन र युरोपका विभिन्न मुलुकसँग पनि लगातार प्रयास गरिरहेको दावी गरे । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले द्वन्द्वकालको आफू स्वयम् पीडित भएको उल्लेख गर्दै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन आफूले प्रधानमन्त्रीको रुपमा, राजनीतिक नेतृत्वको रुपमा निरन्तर पहल गरिरहेको पनि बताए ।
अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने अनुकूल वातावरण बनेको उल्लेख गर्दै त्यसलाई छिट्टै टुंगोमा पुर्याउनुपर्नेमा पनि जोड दिए । उनले संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन ढिलाई हुनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको उल्लेख गर्दै अब सत्ता र प्रतिपक्ष दुवै दल सो समस्यालाई समाधान गर्न प्रतिबद्ध रहेको पनि बताए । अब पनि संक्रमणकालीन न्याय टुंगोमा नपु¥याए संघीय लोकतान्त्रिक गणतन्त्र आफै गुम्ने खतरा रहेको अध्यक्ष प्रचण्डको चेतावनी थियो ।
अध्यक्ष प्रचण्डले तत्कालीन विद्रोही माओवादीको नेतृत्वको हैसियतले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पु¥याउनु नसक्नुको दोष आफू लिन तयार रहेको पनि पटकपटक दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण