क्यानको निर्वाचनमा चन्द र पाण्डे भिड्दै

नेपाली खेलकुदमा विशेष चासोको रुपमा लिईएको नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारण सभा सुक्रबार (आज) देखि काठमाडौंमा सुरु हुँदैछ ।
दुई दिने साधारण सभाले नयाँ नेतृत्व पाएपछि तीन बर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्यानमाथि लगाउँदै आएको प्रतिवन्ध फुकुवा हुने विश्वास गरिएको छ । आईसीसीलेनै गठन गरेको क्यान विवाद समाधान समितिले निर्वाचन गराउन लागेको हो ।
क्यान अध्यक्ष पदमा आईसीसीको निलम्बन गर्नुअघिका बर्तमान अध्यक्ष चतुरबहादुर चन्द र पूर्व अध्यक्ष विनयराज पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ । क्यानको यस चुनावलाई नेपाली कांग्रस र नेकपाबीचको भिडन्तका रुपमा पनि लिईएको छ । चन्द नेपाली कांग्रेस समर्थक हुन् भने पाण्डे नेकपा निकट छन् । दुवैले आआफ्नो प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनमा क्यानको ३९ जिल्ला र प्रदेशका २० गरी ५९ सदस्य प्रतिनिधिले मतदान गर्नेछन् । निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र १३ जना सदस्य सहित १७ सदस्यीय कार्यसमितिको चयन हुनेछ ।
दिउँसो २ः०० बजे सुरु हुने साधारण सभाको पहिलो दिन उद्घाटनसँगै निर्वाचन सम्बन्धी कार्यविधि तय गरिने निर्वाचन समितिले जनाएको छ । शनिबार नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । साधारण सभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले गर्नेछन् ।
क्यानमाथि सरकारले अनावश्यक हस्तक्षेप गरेको र अवैधानिक निर्वाचन गरिएको भन्दै तीन बर्षअघि आईसीसीले क्यानमाथि प्रतिबन्ध गरेको थियो । प्रतिबन्धपछि नेपाली क्रिकेटलाई आईसीसीले आफ्नै सक्रियतामा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि गराउँदै आएको छ । साधारण सभाबाट नयाँ नेतृत्व चयन भएसगै क्यान माथिको निलम्बन फुकुवा हुने राखेप सदस्य सचिव सिलवालले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेट गालामा शाहरुख खानको डेब्यू
-
मनलाग्दी ऋण लिन सरकारलाई आयोगको ‘लुपहोल’
-
रतुवामाई नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान